प्युठान । बिजयफुलबारी बचत तथा ॠण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार जिल्लाका सात स्थानहरुमा शेयर सदस्यहरुलाई भेला गराई साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाको मुख्य कार्यालय प्युठान नगरपालिका–३ जुम्री बसपार्क, प्यु.न.पा. १ खैरा, प्यू.न.पा. २ बालमन्दिर, प्यू.न.पा. ३ सापड़ाडा, माण्डवी गाउँपालिका–३ नयाँगाउ र ऐरावती गाउँपालिका–४ धुवाँङमा एकैपटक सभा सम्पन्न गरेको छ । सभामा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै आगामी वर्ष ०८१–०८२ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । लुम्बिनी प्रदेश भित्रको उत्कृष्ट सहकारी संस्थाको रुपमा छनौट भएको यस संस्थाले जिल्लाका सात स्थानिय तहहरुमा सेवा विस्तार गरेको छ ।
सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष नेत्रमणी आर्चायले सहकारी संस्थाका हरेक सदस्यहरु आफै मालिक हुने सबैको साझा संस्था भएको बताए । ‘यो बेला देशका कतिपय सहकारीहरुको विषयमा चर्चा परिचर्चा हुन् थालेका छन् ।’ अध्यक्ष आर्चायले भने–‘केही संस्थाहरु नियम विपरित हिड्दा समग्र सहकारी क्षेत्रप्रति नै अनावश्यक भ्रम सृजना भएको हो ।’ विजयफुलवारीले नीति नियमलाई अवलम्बन गर्दै काम गरिरहेको हुंदा त्यस्ता नकारात्मक भम्रमा तिर नलाग्न सबै सदस्यहरुलाई उनले आग्रह समेत गरे । सदस्यबाट आएका गुनासोलाई प्रस्ट पार्दै सदस्यलाई थप सेवा दिनका लागि आफुहरु लागि परेको अध्यक्ष आर्चायले बताए ।
फुलबारी बचत तथा ॠण सहकारी संस्था लिमिटेड र बिजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गत आर्थिक वर्ष २०७९ भाद्र २० गते एकीकरण गरी विजय फुलबारी बचत तथा ॠण सहकारी संस्था लिमिटेड भएको थियो ।