काठमाडौं।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।आइतबारको तुलनामा आज तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।