समय : ०६:५८ am | बिहिबार , असाेज ३ गते २०८१

सुनको भाउ आज १ हजार २ सय रुपैयाँ घट्यो

स्वर्गद्वारी अपडेट | भाद्र २३ गते २०८१

काठमाण्डौं।सुनको भाउ आज घटेको छ।शुक्रवार तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घटेर तोलाको एक लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय पुगेको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँ घटेर चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार चाँदी तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्