अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ ।
मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी लचकदार नीति आएको भन्दै प्रतिक्रिया दिएका छन् । तर, सरकार व्यवसायी भने राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाका कदमहरुमा सुन्तुष्ट देखिएनन् ।
समीक्षा भएको मौद्रिक नीतिले व्यवसायीलाई राहत दिने मात्रै नभई शिथिल आर्थिक गतिविधि समेत विस्तार हुने दाबी गरिरहेको छ । बैंक दर घटाउनेदेखि मन्दीले छोएका क्षेत्रलाई पुनरकर्जा र ऋणको पुनरसंचना तथा पुनरतालिकीकरणको सुविधा दिनेसम्मका व्यवस्थालाई राष्ट्र बैंकले खुकलो बन्दै गएको नीतिको रुपमा ब्याख्या गरेको छ ।