स्वर्गद्वारी अपडेट,प्युठान l सामाजिक संजाल सहि तरिकाले प्रयोग गरे फाईदै फाइदा र दुरुपयोग गरे जेल जीवन सम्म पुर्याउने गर्छ l

सामाजिक संजालबाटै बस्ति बसाएका,आर्थिक उपचारको अभावमा जीवन बचाएका कयौं उदाहरणहरु पनि छन l त्यस्तै उदाहरण बनेको छ प्युठानको सामाजिक संजाल फेसबुक समुह,खलङ्गा सरोकार समुह प्युठान l बिरामी परिवारको आग्रहमा खलङ्गा सरोकार समुहको प्युठानको पहलमा बिरामी ब्यक्तिहरुको लागि सरोकार समुहले २ बर्ष ६ महिनामा ३६ लाख ४ हजार १६ रुपैया संकलन गरि सहयोग गरेको खलङ्गा सरोकार समुहको संयोजक मनोज कुमार श्रेष्ठले बताए l

२ बर्ष ६ महिनामा १५ जना बिरामीको उपचार र स्वास्थ्य सँस्था र शैक्षिक सँस्थालाई सहयोग समेत गरेको संयोजक श्रेष्ठले जानकारी दिए l उनि भन्छन “हामीले यो समुहबाट मल्लरानी गाउँपालिका भित्रका बिभिन्न क्षेत्रमा भौतिक संरचना निर्माणको लागि प्रेरणा दायिक भूमिका निर्वाह गरि लाखौ रकमको संरचना निर्माण भएको संयोजक श्रेष्ठले स्वर्गद्वारी अपडेट लाई बताए l” गत सालबाट मल्लरानी गाउँपालिका भित्र बसोबास गरेका र पालिकाबाट अनेत्र बसाईसराइ गरेका ब्यक्तिहरुको दिवंगत भएकाहरुको सम्झनामा हामीले गाईजात्राको दिन सामुहिक श्रन्दाजली कार्यक्रम समेत गरेको बताए l