समय : ०१:१६ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

७ दिने क्षमता विकास तालिम सन्चालन

स्वर्गद्वारी अपडेट | वैशाख २० गते २०८०
सन्तोष सुनार प्युठान वैशाख२० गते । जिल्लाको प्युठान नगरपालिकाद्वारा ७ दिने क्षमता विकास तालिम सन्चालन गरिएको छ । प्युठान नगरपालिकाका १० वटा वडाका ७५ प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्तालाई क्षमता विकास तालिम प्युठाननगरपालिका ३ विजयनगरमा रहेको जिल्ला बाल संगठनको सभाहलमा बुधवार देखि मङ्गलवार सम्म एक हप्ताको लागि सन्चालन गरिएको प्युठान नगरपालिकाले जनाएको छ । प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ताले बालविकासमा अध्ययनरत बालबालिकाहरुलाई सिकाईमा सहजताका साथ बुझाउन र बालबालिकाले पनि सजिलै बुझ्न सकुन भन्ने उदेश्यले सन्चान गरिएको प्युठान नगरपालिकाका शिक्षा शाखाका प्रमुख वाशुदेव पण्डितले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । तालिममा बालविकासका सहजकर्तालाई २०७७को बालसात्रिहरुको प्रयोग प्रशिक्षण सेतो गुरास बालविकासका ललि वारघरेले  दिनु भएको छ। । बुधवार बच्चहरुलाई आफ्नो अध्ययनको लागि प्रभाव तरिकाले अध्ययनमा सिकाई गराउनका लागि कागजबाट ए,बी, सी ,डी हरुको अक्षरहरु बनाउनबाट सुरु गरिएको छ । बाकी दिनहरुमा बच्चाहरुका लागि खेलौना , कपडाहरुका सामाग्रीहरु बनाउने तालिमको एक सहभागी सहजकर्ताले बताउनुभयो ।तालिमको प्रमुख अथिति रहनु भएका प्युठान नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले बालबालिका भावि जिवन तथा समयको देशका खम्वा हुन उनिहरुको शिक्षका लागि नगरपालिकाको नगरप्रवक्ता र वडा ३ को हैसियतले आफुले सहयोग गर्नुपर्ने ठाउमा जीम्वेवारी रहेको प्रतिवद्ता रहेको बताउनुभएको छ । तालिमा सहभागी भएका सहजकर्तालाई पनि बालबालिकाको सिकाईको लागि क्रियाशिल भएर शिक्षा दिन आग्रह गर्नुभएको छ। प्युठान नगरपालिका सामाजिक विकासकर्ता प्रमुख तथा ५ नम्वर वडाका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षमा सुरु भएको तालिममा शिक्षा केन्द्रका विष्णु पोख्रेल र बालविकासका सहजकर्ताहरुको उपस्थित रहेको थियो भने सन्चालन वाशुदेव पण्डितले गर्नुभएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्