समय : ०९:१२ pm | सोमबार , जेठ १९ गते २०८२

सुनको भाउ आज  तोलामा १८ सय रुपैयाँ बढ्यो

स्वर्गद्वारी अपडेट | वैशाख २० गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स । सुनको भाउ आज ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

यो पनि पढ्नुहोस्