समय : ०१:१६ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

मुक्तिनाथ विकास बैकद्वारा वित्तिय साक्षरता कार्यक्रम

स्वर्गद्वारी अपडेट | वैशाख १५ गते २०८०
सन्तोष सुनार प्युठान । मुक्तिनाथ विकास बैकद्वारा वित्तिय साक्षरता एक दिने कार्यक्रम प्युठान नगरपालिका २ मा सम्पन्न भएको छ । शुक्रवार प्युठान नगरपालिका २ का वडा वासीहरुलाई विजुवारमा रहेको मुक्तिनाथ विकास बैंकले जीवनमा आम्दनी गरेको रकमलाई भविष्यको लागि सुरक्षित तथा आपतकालीन समयमा सहज हुने भन्ने उदेश्यले वित्तिय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा बचतको रणनिति सम्बन्धि सहभागीलाई प्रशिक्षण मुक्तिनाथ विकास बैक विजुवार शाखा प्रमुख बसन्त बहादुर केएमले दिनुभएको थियो । हरेक मानिसको व्यक्तिगत तथा परिवारमा ७० प्रतिशत मासिक खर्च लागि , २० प्रतिशत बचतको लागि , १० प्रतिशत भविष्यको लागि , ५ प्रतिशत आपतकालीनको लागि , ५प्रतिशत निश्चित लक्ष्यको लागि लागि र १० प्रतिशत चुक्ता गर्नका लागि आफुले परिमार्जन गरेर अगाडि बढियो भने जीवन सहज हुने शाखा प्रमुख के एमले जानकारी गराउनु भएको थियो । कार्यक्रममा जीवनमा ऋण कति लिने , किन लिने र लिएपछि कसरी चुक्ता गर्ने सम्बन्धि विस्तृत जानकारी शाखा कर्जा इकाई प्रमुख अर्जुन बडुवालले सहभागीलाई जानकारी गराउनु भ्एको थियो । ऋण तथा कर्जा लिएपछि उत्पादनमुखी  व्यवसायिक तिर लागियो भने जीवन सहज र भावि जीवनका लागि सुरक्षित हुने कर्जा इकाई प्रमुख बडुवालले जानकारी दिनुभएको थियो । त्यस्तै आधुनिक बैंक तथा डिजिटल सम्बन्धि जानकारी इकाई कर्जा विभाग मनोज पुनले गराउनु भएको थियो । प्युठान नगरपालिका २ का वडा सदस्य नर बहादुर पोख्रेलको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो कार्यक्रममा डिप्रोटत लघुवित वित्तिय संस्था लिमिटेड जुम्रिका शाखा प्रमुख सुदर्शन पुडासैनि ,  बैंकका कर्मचारीहरु झरना क्षेत्रि , अस्मिता भुसाल र  ५० जना वडा बासीहरुको उपस्थित रहेको थियो । सन्चालन इकाई कर्जा विभाग मनोज पुनल गर्नु भएको थियो । शनिवार मुक्तिनाथ विकास बैकले २ नम्वर वडा दाखाक्वाडीका बासीहरुलाई घरदैलो गर्ने कार्यक्रम रहेको छ ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्