बाबुराम पुरी
चिन्ता छ
देशमा आर्थिक मन्दीको अवस्थाले सरकारलाइ बजेट कसरी बनाउने भन्ने चिन्ता छ ।
न्युन आय भएका जनतालाइ साँझ बिहान चुल्हो कसरी बाल्ने चिन्ता छ ।
व्यापार व्यावसाय गर्ने वर्गलाइ बैंकको चर्को व्याज कसरी बुझाउने भन्ने चिन्ता छ ।
तस्करी र कालोबजारी गर्नेलाइ कर छली अनि भन्सार छली कसरी गर्ने भन्ने चिन्ता छ ।
मानव तस्करीलाइ प्रशासन प्रहरीको आँखा कसरी छलेर मानव तस्करी धन्दा चलाउने भन्ने चिन्ता छ।
जग्गा दलाल एवं भुमाफिया लाइ प्लटिङ एवं कित्ताकाट कहिले खुला होला भन्ने चिन्ता छ ।
सहकारी पिडितलाई आफ्नो निक्षेप कसरी फिर्ता लिने भन्ने चिन्ता छ भने संचालकलाइ कसरी उम्कने भन्ने चिन्ता छ ।
प्लस टु जेनेरेशन लाइ कसरी कुन देश जाने भन्ने चिन्ता छ ।
ऋणमा डुबेकाहरु लाइ कसरी पलायन हुने भन्ने चिन्ता छ ।
भ्रष्टाचारीलाइ कसरी अकुत कमाउने भन्ने चिन्ता छ ।
प्रहरी हिरासतमा हुने अभियुक्तलाई मुद्दा कसरी कमजोर बनाउन सकिन्छ भन्ने चिन्ता छ ।
कालो वजारीलाइ कसरी चर्को मुल्य असुल गर्ने भन्ने चिन्ता छ।
हो देश आज यिनै चिन्तै चिन्ताले दुब्लाएको छ ।
राजनितिको क्यान्सरले थला परेको छ ।
शहरवजार टु-लेटका ब्यानरले रंगिएका छन ।
देशमा अवसर नदेखेका युवा पुस्ता विदेशिने ध्याउन्नमा छन ।
सिंगो गाउँबस्ती उजाड अनि खण्डहर हुँदै छन ।
खेलमैदानमा खेलाडीको खडेरी छ।
यस्तै यस्तै छ हजुर यहाँको खवर ।
मान्छेको भिड आउने होइन जानेकै छ ।
यसरी देश बन्छ र कहाँ युवा नै मुग्लान पसेपछि ।
गुल्जार गाउँघर बन्छ र कहाँ मुग्लानी उतै फसेपछि ।