समय : ०५:४३ am | सोमबार , वैशाख १३ गते २०८३

मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

स्वर्गद्वारी अपडेट | मंसिर २१ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । सन् २०१० को विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ।

यो पनि पढ्नुहोस्