समय : ०७:०० pm | मङ्गलबार , फागुन १२ गते २०८२

महोत्तरीकाे गौशालामा नमुना मतपत्रसहित दुई जना पक्राउ

स्वर्गद्वारी अपडेट | मंसिर ३ गते २०७९

स्वर्गद्वारी अपडेट ,प्युठान।- महोत्तरीको गौशालामा नमुना मतपत्र लगायतका निर्वाचन सामग्रीसहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१ का ७४ वर्षीय भवानी बहादुर थापा र बर्दिवास नगरपालिका-५ का ३९ वर्षीय पदम पौडेल रहेका छन् ।
१ सय ९४ थान नमुना मतपत्रलगायत निर्वाचन सामग्रीसहित हिँडिरहेको अवस्थामा प्रहरी निरीक्षक विशाल सिंहको टोलीले उनीहरुलाई गौशाला नगरपालिका-१० वटौवाबाट पक्राउ गरेकाे हाे । बाग्मती प्रदेश-३-०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र मतपत्र लिएर जाँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उनीहरुमाथि थप अनुसन्धानको भइरहेकाे महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयाे ।  

यो पनि पढ्नुहोस्