नवौ राष्ट्रिय खेलकुदका लागि प्यूठानमा भदौ १७ गतेदेखि खेलाडी छ्नोट हुने
विशाल बिश्वकर्मा,प्यूठान । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि प्यूठान जिल्ला स्तरिय खेलाडी छ्नोट यहि भदौ १७ गतेदेखि सुरु हुने भएको छ । प्यूठान जिल्ला खेलकुद विकास समितिकोको शुक्रबारको बैठकले उक्त बिषयको निर्णय गरेको हो ।
प्यूठान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुमलाल नेपालीको अध्यक्षतामा बसेको पुर्ण बैठकले जिल्लाबाट प्रतिनिधित्व गर्ने १९ खेलको छनोट तालिका, खेल स्थल र जिम्मेवारी बाड्फाड सहित भदौ १७ र १८ गतेसम्म जिल्ला छनोट सम्पन्न गर्ने निर्णय गरेको समितिका अध्यक्ष नेपालीले बताए ।
त्यस्तै बैठकमा प्यूठान जिल्ला खेलकुख बिकास समितीको नाममा रहेको खेलकुदको जग्गा खेलकुद तापलम तथा प्रशिक्षण केन्द्र बनाउन लुम्बिनी प्रदेश सरकारसंग आवश्यक आर्थिक सहयोग माग गर्ने निर्णय पनि गरेको छ ।
बैठककमा सम्पूर्ण पधादिकारीको साथै भलिबल प्रशिक्षक बल बहादुर केसी,तेक्वान्दो प्रशिक्षक विष्णु कुमार थापा र कराते प्रशिक्षक शंकर बिक लगायको उपस्थिती रहेको थियो ।







