समय : ०६:५६ pm | बिहिबार , माघ ८ गते २०८२

राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्यूठानबाट १९ बिधाका खेलाडी छनोट गरिने

स्वर्गद्वारी अपडेट | श्रावण २० गते २०७९
विशाल बिश्वकर्मा,प्यूठान । असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन लागेको नावौ राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी जिल्ला खेलकुद विकास समिति प्यूठानले आफ्नो तयारी थालेको छ । प्रतियोगीताको लागी बिहिबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा बैठक बसी विभिन्न बिषयमा छलफल तथा निर्णय गरिएको छ । जिल्लाका सरोकारवालको उपस्थितीमा खेलको विधा छनौट पनि गरिएको छ । प्यूठानबाट नवौ खेलकुद प्रपतयोगीतामा १९ बिधाका खेलहरु छनौट गरिएको जिल्ला खेलकुद बिकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीले बताएका छन । बैठकले भदौ ३ गतेसम्म पालिका स्तरमा प्रतियोगीता सञ्चालन गरि खेलाडी र प्रशिक्षकको विवरण बुझाउन आग्रह गरिएको छ । बैठकमा जिल्ला समन्वयन समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,सुरक्षा निकाउका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्