जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको सभाहलमा सञ्चालित कार्यक्रममा फिस्टुला तथा कारण र लक्षण तथा अबस्थाको बारेमा छलफल भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताएका छन ।
यस आव २०७८÷७९ मा जिल्लामा ४ जना फिस्टुलाका बिरामी सम्पर्कमा आएको प्रमुख खड्काले बताएका छन । फिस्टुलाको बिरामीको सम्पूर्ण खर्च निःशुल्क हुने हुदा यसप्रकारको समस्या भएका ब्यक्तिहरुलाई निःशङकोच सम्पर्कमा आउनको लागी प्रमुख खड्काले आग्रह गरे । देशभर ३ स्थानबाट निःशुल्क फिस्टुलाको शल्यक्रिया हुने जानकारी दिदै प्रमुख खड्काले प्यूठान जिल्लाको लागी प्रदेश अस्पताल कर्णली प्रदेश सुर्खेतमा सल्यक्रिया हुने बताए ।
फिस्टुला रोग लागेमा पिसाव तथा दिसा नियन्त्रण गर्न नसक्नु र लगातार दिनरात पिसाव बग्ने,लगाएको कपडा वा ओछयान भिज्नु , पिसावको गन्ध आउनु लगायत एक्लोपन र उदासिनता देखिनु लगायतका लक्षण देखा पर्ने गर्दछन ।








