समय : ०३:०३ am | आइतबार , चैत्र २८ गते २०८२

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलमा प्युठान चौथो

रुपन्देहीले प्युठानलाइ ३-१ काे सेटमा हराउदै तेस्राे स्थान कायम गरेकाे हाे भने प्यूठान चाैथाे भएको हाे ।

स्वर्गद्वारी अपडेट | चैत्र २८ गते २०८२

दाङ।दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ।

प्रतिस्पर्धि नवलपरासीलाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै गुल्मि दाेस्राे पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताकाे उपाधि हात पार्न सफल भएको हाे । गुल्मिले नवलपरासीलाइ पहिलो सेटमा २५-१५, दाेस्राे सेटमा २५-१३ र तेस्राे सेटमा २५-१५ ले हराएको हाे ।

उपाधी संगै नगद १ लाख, ट्रफि र मेडल हात पारेकाे छ भने दाेस्राे स्थानमा चित्त बुझाएको नवलपरासीले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेकाे छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुपन्देही तेस्राे र प्यूठान चाैथाे भएका हुन ।

रुपन्देहीले प्युठानलाइ ३-१ काे सेटमा हराउदै तेस्राे स्थान कायम गरेकाे हाे भने प्यूठान चाैथाे भएको हाे । तेस्रो भएको रुपन्देहीले नगद ३५ हजार र चाैथाे भएको प्युठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकाे छ ।

यो पनि पढ्नुहोस्