समय : ०२:४८ am | आइतबार , चैत्र २८ गते २०८२

आर्थिक रूपान्तरणका लागि साना उद्यम र स्टार्टअपहरू महत्वपूर्ण छन्:-रास्वपा सांसद वैदिक

सद वैदिकले व्यवसाय दर्ता र नवीकरण प्रक्रियालाई सरल बनाउनेतर्फ सरकार लागिरहेको पनि उल्लेख गरे।

स्वर्गद्वारी अपडेट | चैत्र २८ गते २०८२

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले नयाँ सरकारले ल्याएको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई प्राथमिकताका साथ समेटिएको बताएका छन्।

शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको प्राथमिकतामा उद्यमशीलता छुट्न नदिएको बताए । उनका अनुसार देशको आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको उन्नतिका लागि गाउँका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका व्यवसायहरूको महत्वपूर्ण भूमिका रहनेछ ।

सांसद वैदिकले व्यवसाय दर्ता र नवीकरण प्रक्रियालाई सरल बनाउनेतर्फ सरकार लागिरहेको पनि उल्लेख गरे।कागजी झन्झट कम गरी उद्यमी बन्ने वातावरण सहज बनाउने उनको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

यो पनि पढ्नुहोस्