समय : ०७:१८ am | आइतबार , मंसिर २१ गते २०८२

नेसपा नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको संयोजक बनिन् दुर्गा सोब

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले विशेष महाधिवेशन फागुनमा गर्ने बताएको छ ।

स्वर्गद्वारी अपडेट | असाेज १० गते २०८२

काठमाडौँ । डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व छोडेपछि दुर्गा सोब संयोजक रहेको विशेष महाधिवेशन आयोजक समिति बनाइएको छ ।

बुधबार र बिहीबार काठमाडौँमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईको पद त्यागलाई स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो ।

बैठकले महासचिव सोनाम सिं स्याङ्तानलाई महाधिवेशन आयोजक समितिको सदस्य सचिव चयन गरेको छ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले विशेष महाधिवेशन फागुनमा गर्ने बताएको छ ।

यो पनि पढ्नुहोस्