समय : ११:०० am | आइतबार , मंसिर २१ गते २०८२

देउवा दम्पत्ति आज डिस्चार्ज हुदै

स्वर्गद्वारी अपडेट | असाेज ८ गते २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र पत्नी डा. आरजु राणा उपचारपछि आज डिस्चार्ज हुन लागेका हुन् । आन्दोलनकारीले सभापति देउवाको काँधमा प्रहार गरेकाले टाँका लगाउनु परेको बताइएको छ । हाल टाँका निकालिएको र स्वास्थ्यमा सुधार भएकोले आज अस्पतालबाट डिस्चार्ज गरिने उनी निकट नेताहरुले बताएका छन् ।

बुढानिलकण्ठस्थित निवास हाल बस्न योग्य नभएकाले हाल सभापति देउवा ललितपुरस्थित ससुरालीमा बस्न सक्ने बताइएको छ । उनका लागि नयाँ भवन नखोजिएको र ललितपुरको झम्सिखेलमा रहेको आरजुको माइतीको घरमा बस्ने तयारी गरिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्