समय : ०९:०० pm | शनिबार , वैशाख १३ गते २०८२

आज लोकतन्त्र दिवस

स्वर्गद्वारी अपडेट | वैशाख ११ गते २०८२

रमेश अधिकारी,राप्ती ५ , दाङ्ग

जनताले सामाजिक र राजनैतिक व्यवस्था परिवर्तनको निम्ती वलिदानी गरेर व्यवस्था फेरेको दिन। आज देश लोकतन्त्र हुदै संघिय गणतन्त्रमा छ तर लोकतन्त्र भनौ या गणतन्त्र सिमित बर्गमा निहित छ ।।।

१) लोकतन्त्र गरीव लाई कहां आएको छ र त्यो त नेताहरुको चाकडी गर्ने वर्ग लाई आएको छ । उत्पादित वस्तुको वजार छैन , उत्पादन वढाउन भारत सरकारको जस्तो कुनै योजना नेपाल सरकार संग छैन , किसानहरु जायज माग राखेर आन्दोलन गर्दा सिदै गोली ठोकीदिन्छ , यही गर्न आएको थियो त लोकतन्त्र ?

२) स्थानिय स्तरमा रोजगारी वढाउने कुनै योजना छैन , दैनिक जनताका छोराछोरी विदेसिन बाध्य छन , जता हेरेपनी यो देशमा समस्यै समस्या मात्रै छ , यही गर्न आएको थियो त लोकतन्त्र ?

३) राम्रो काम गर्न कसैले प्रयास मात्रै गर्यो भने उसलाई सम्पुर्ण शक्ती लगाएर खेदने काम हुन्छ । यहां हरेक कुरामा राजनिति छ , अन्याय सुनाउने ठाउं नै छैन , यही गर्न आएको थियो त लोकतन्त्र ?

४) सरकारी कर्मचारी लाई छुन पनी सकिदैन , जनता लाई सेवा लिन कति कठिन छ भन्ने कुरा वतायर साध्य छैन , यही गर्न आएको थियो त लोकतन्त्र ?

५) न यातायात मा सन्तुलित भाडादर छ , सरकारी सेवा त गुणस्तरिय विल्कुलै छैन , सरकारी विद्ययालय प्रती जनताको कुनै विश्वासै छैन , यहां शिक्षकहरु पढाउन छोडेर आन्दोलन मा छन , यहां डाक्टरहरु उपचार नगरी आन्दोलन गर्छन , निजामती को अवस्था उस्तै छ , निजि विद्ययालय , अस्पतालको सेवा लिदा जनता बर्बाद भएका छन , यही गर्न आएको थियो त लोकतन्त्र ?

६) कृर्षी मा सहजता विल्कुलै छैन । किसान लाई सेवा दिन खोलिएको कृर्षि विकास बैकको व्याजदर सबै भन्दा धेरै छ । उत्पादन को मुल्य निर्धारण विचौलिया ले गर्दछ । रु १० मा वस्तु खरिद गरि रु १०० मा विचौलियाले विक्री गर्दा सरकार मौन छ किनकी कमिसनको छ नि जमाना , यही गर्न आएको थियो त लोकतन्त्र ?

७) पहुंच हुने चम्चा हरुले कोभिडको सुई लगाउन समेत पावर प्रयोग गर्छन , विचरा साधारण जनता ले सरकारी सेवामा उपचार त के डाक्टरलाई देख्न पनी पाउदैनन । बल्ल बल्ल अलिकति बजेट पार्न सके पनी सरकारले दलाली गरेर टेन्डरमा लैजान्छ अनी काम ३० प्रतिसत पनि हुदैन सबै बजेट कमिसन मा सकिन्छ । सरकारी कर्मचारी दिउसै मादक पदार्थमा लठ्रठीएर मिटर नाप्न फिता लिएर आउछ , यही गर्न आएको थियो त लोकतन्त्र ?

८) ए सरकार म हिडने बाटो पिच गरिदेउ , धुलाम्मे सडकमा हिडन गारो भयो भन्न नपाईने ? जनता लाई पिउने पानी देउ भन्न नपाईने ? यातायातमा सहज भाडा निर्धारण गर भन्न नपाईने ? सिंचाई को व्यवस्था गर , कुलो नालाहरु पक्की वनाईदेउ भन्न नपाईने ? बास्तविक किसान लाई अनुदान देउ सरकार विचौलिया लाई नदेउ भन्न नपाईने ? स्थानिय सरकार ले उल्पादन बृद्धी गर्ने रणनिति वनाउ , कृर्षी योग्य जमिन सखाप पार्ने दलालहरु लाई कारवाही गर भन्न नपाईने ? यही गर्न आएको थियो त लोकतन्त्र ?

९) एउटा व्याक्ती ले म विकास गर्न चाहान्छु , म भ्रष्टाचार गर्दिन , मलाई बजेट दिनुस भनेर रुदा समेत वजेट नपाईने तर वजेट फ्रीज गराउन लागी पर्ने । सरकारी बजेट मा कामै गर्न समस्या , गरे पनी निकाशा गर्न महाभारत । सामान्य वडा सचिव , सव ओभरसियर लाई समेत राजा भन्दा पनी ठुलो मान्नु पर्ने , यही गर्न आएको थियो त लोकतन्त्र ?

१०) सेवा सुविधा पनि कति लिएको , कार्यालय भित्र प्रवेश गर्दा राज दरवार भन्दा कम छैन । सेताम्मे सरकारी गाडीको लस्कर । राती सरकारी वजेट बाट होटलहरुमा मेजमान , अर्को तिर विचरा जनताले सकिनसकि कर तिरेर रुदै रुदै छोरा छोरी लाई खाडी पठाउनु पर्ने बाध्यता , यही गर्न आएको थियो त लोकतन्त्र ?

जनता को जिविकामा कुनै परिवर्तन आएको छैन । सामान्य नागरिक लाई लोकतन्त्र आएकै छैन । हुने खाने वर्ग लाई आएको लोकतन्त्र , सिमित वर्ग लाई बोसो लगाउन आएको लोकतन्त्र मा शुभकामना दिन सकिएन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्