काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।