प्युठान।स्वर्गद्वारी नगरपालिकाको छैठौँ राष्ट्रपति शिल्ड अमर माविले हात पार्न सफल भएको छ।आईतबार उमामहेश्वरी माविलाई सोझो दुई सेटमा हराउदै अमर मावि स्वर्गद्वारी नगरपालिका वडा नं.३ ढाडले छैठौँ राष्ट्रपति शिल्ड हात पार्न सफल भएको हो ।
प्रथम हुने अमर माविले बाह्र गोल्ड , दश रजक , र चार काश्य , दोस्रो हुने जनता मावि बर्जिबाङले बाह्र गोल्ड ,आठ रजक र छ काश्य ,तेस्रो हुने बाल मावि अडबासले छ गोल्ड , तिन रजक र पाचँ काश्य प्राप्त गरेका छन । स्वर्गद्वारी छैठौँ राष्ट्रपति शिल्ड प्रतियोगीता समापन कार्यक्रममा विशिष्ट अथिति जिल्ला समन्व्य समितिका उप्रमुख दुर्गा रेग्मीले खेलमा हारजित हुनु स्वभाविक भएको बताउदै खेलाडीहरुलाई निराशा नहुन आग्रह गर्दै बरु ऋझ खेलमा मिहिनत गर्न बताएकी थिइन्।
त्यस्तै कार्यक्रमका प्रमुख अथिति टेक प्रसाद भण्डारीले खेलकुदमा खेलाडीहरुको राम्रो प्रदर्शन गरेको बताउदै खेलकुदमा आवश्यक पर्ने सामाग्रीहरु स्वर्गद्वारी नगरपालिकाले सहयोग गर्ने बताएका थिए। खेलकुद मैदान र भवनलाई व्यवस्थितर बनाउन स्थानिय सरकार , प्रदेश र केन्द्रबाट समेत पहल गर्ने बताएका थिए।
माघ १६ गतेदेखी “ स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद , खेलकुद हाम्रो शान, खेलाडी उत्पादनमा हाम्रो अभियान” भन्ने मुलनाराको साथ सुरु भएको खेलकुदको लुम्बेनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापा( रोज राणा)ले उद्घाटन गरेको प्रतियोगीता आईतबार सकिएको हो ।