समय : ०९:०५ pm | शुक्रबार , मंसिर ७ गते २०८१

आज एमालेको जनसभा दरबारमार्गमा

स्वर्गद्वारी अपडेट | मंसिर ७ गते २०८१

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बिहीबार हुन लागेको जनसभाको तयारी पूरा भएको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जनसभाको तयारी पूरा भएको बताएका हुन्।उनले दरबारमार्गमा बिहीबार दिउँसो हुने जनसभामा ५० हजार कार्यकर्ता उतार्ने लक्ष्य लिइएको जानकारी दिए। विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरूक बनाउने उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको उनले बताए।

भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ।  जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्व निर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या र सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडक मात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ। 

कम ट्राफिक हुने भएकाले पार्टी कार्यकर्ताहरूको सुझावअनुसार दरबारमार्गमा जनसभा गर्न लागिएको एमालेले जनाएको छ। यसअघि भृकुटीमण्डपमा जनसभा गर्ने कार्यक्रम एमालेले सार्वजनिक गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्