समय : ०५:१८ am | सोमबार , कार्तिक ११ गते २०८१

तिरामका ४ वटा सामुदायीक वनका उपभोक्तालाई विरुवा वितरण

सन्तोष सुनार | असार २१ गते २०८१

प्यू्ठान । जिल्लाको माण्डवी गाउँपालिका १ तिरामको आयोजनामा वडामा भएका चार वटा सामुदायिक वनको उपभोक्ताहरुलाई वनमा विरुवा लगाउन एक कार्यक्रम बिच पाँच हजार विरुवा बितरण गरिएको छ ।

शुक्रबार माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) ले विरुवा वितरण कार्यक्रमको उद्घाटन गर्दे सामुदायीक वनहरुमा विरुवा लगाउनु तथा भएका विरुवाहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य भएको बताए । विरुवाहरुले वनहरु हराभरा गराएपछि हामी बस्ने बासका लागी बनाउन चाहीने आवश्यक सामाग्रीको कर्णधार भएको अध्यक्ष अधिकारीले बताए । यस वर्ष वनमा आगलागी भएको कारण विभिन्न प्रकारका विरुवाहरु रोप्ने आवश्यक रहेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

त्यस्तै १ नं. का वडा अध्यक्ष बाम बहादुर बुढाले हरियो वन नेपालको धन भन्ने नारा जस्तै अव वडाका सबै सामुदायीक वनहरुलाई हराभरा बनाउने बताउदै फलफुलका विरुवा समेत लगाउने बताए । मानिसलाई चाहिने अक्सिजन वनहरु तथा विरुवाबाट पाइने भएकाले विरुवा लगाउने हाम्रो दाहित्व भएको समेत वडा अध्यक्ष बुढाको भनाई रहेको छ ।

आज त्रिवेणी सामुदायीक वन कुमालटारको उपभोक्तालाई विरुवा वितरण गरिएको छ । बितरण विरुवामा टिमुर,दाल्चिन,सफेटा र कागती गरिएको हो । वडाबासीहरुमा पनि प्रत्येक व्यक्तिलाई १०–१० विरुवा वितरण गरिएको र त्यसमा पनि पाचँ विरुवा बचाउनेलाई सम्मान सहित उचित पुरस्कार दिने वडा कार्यालयले जनाएको छ ।

भोलीबाट कालीमाई सामुदायीक वन ,चन्द्रदय सामुदायीक वन र मोतिकन्या सामुदायीक वनमा विरुवा वितरण गरिनेछ । पाचँहजार विरुवा वितरण कार्यक्रम असार २४ गते सम्म रहने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्