समय : ०४:२८ pm | बुधबार , माघ २३ गते २०८१

न्यूनतम तापक्रम लगातार घट्दै

स्वर्गद्वारी अपडेट | मंसिर १९ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजोको सात डिग्री सेल्सियस थियो । काठमाण्डौसँगै देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ  । हिजोको जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस  थियो । यस्तै, जोमसोमको माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। मौसमविद् गोविन्दकुमार झाका अनुसार जिरीको न्यूनतम तापक्रम १ दशमलव ४, ताप्लेजुङको ६ दशमलव ५, डडेल्धुराको ६ दशमलव ७, लुम्लेको ७ र वीरेन्द्रनगरको ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि घट्दो क्रममा छ । तापक्रम घट्न थालेसँगै चिसो बढ्न थालेको छ । आज प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्