प्यूठान नगरपालिकाका नगरउपप्रमुख देबेन्द्र बर्माको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा प्यूठान जिल्लामा रहेका ६८ बढी तेक्वान्दो खेलाडीहरुलाई प्रमाणपत्र वीतरण गरिएको प्रशिक्षक भिम बहादुर पुनले बताएका छन । कार्यक्रममा प्यूठान नगरपालिकाका नगरउपप्रमुख देबेन्द्र बर्मा , वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ,७ का वडा अध्यक्ष नेत्र केसी लगायत तेक्वान्दो खेलाडी प्रशिक्षक तथा पत्रकारको सहभागीता रहेको थियो ।







