समय : ०३:११ am | शुक्रबार , असाेज ३ गते २०८१

अन्तिम खेलमा बार्सिलोना पराजित, रियलको बराबरी

स्वर्गद्वारी अपडेट | जेठ २२ गते २०८०

स्वर्गद्वारी अपडेट डेक्स । स्पानिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम खेलमा सेल्टा भिगोसँग २-१ ले पराजित भएको छ ।गाब्री भेइगा नोभासले दुई गोल गरेपछि सेल्टाले घरेलु मैदानमा च्याम्पियन बार्सिलोनालाई हराएको हो ।

२१ वर्षीय भेइगाले ६२औं र ६५औं मिनेटमा गोल गरे । बार्सिलोनाका लागि अंशु फातीले ७९औं मिनेटमा एक गोल फर्काए ।जितपछि सेल्टाले ४३ अंक जोडेर १३औं स्थानमा लिग सकायो ।

यस्तै करिम बेन्जेमाले रियलको जर्सीमा अन्तिम खेल खेल्दै पेनाल्टीमा गोल गरेपछि रियलले एथ्लेटिक विल्वाओसँग १-१ को बराबरी खेल्दै लिग सकायो ।ओइहान सानचेटले गोल गर्दै विल्वाओलाई पहिले अग्रता दिलाएको थियो । तर बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरिसकेका छन् । १४ वर्षपछि रियल छाड्न लागेका बेन्जेमा अब साउदी अरबियन क्लब जाने चर्चा छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्