प्युठान।माण्डवी गाउँपालिका -१ तिराम लामपोखरी स्थित बाम बहादुर बुढाले स्वर्गीय आमाको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन्।आईतबार एक औपचारिक कार्यक्रम गरि प्रतिक्षालय उद्घाटन गरेको हो।
आमा यमकली बुढा मगरको सम्झनामा २ लाख ४० हजारको लगानीमा प्रतिक्षालय निर्माण गरेको बाम बहादुर बुढाले बताए।आमा यमकलीको २०८१ भदौ १५ गते ७५ वर्षको उमेरमा निधन भएको थियो।ऐतिहासिक थलो लामपोखरीमा तिहार पंचमीको दिन मेला समेत हुने स्थल हो।सो स्थानमा बिभिन्न संघ संस्थाका भेला, बैठक र पिकनिक स्थल समेत हुने बुढाले बताए।

बुढाले आमाको स्मृतिमा प्रतिक्षालय निर्माण गर्ने ठुलो इच्छा थियो त्यो पुरा भयो भन्दै आगामी दिनमा पनि सामाजिक काममा निरन्तरता दिइरहने उनले बताए।यसरि मृत्यु भएका व्यक्तिका नाममा अन्य खर्चिलो कार्य गर्न भन्दा आफ्नै ठाउँमा पाटि, पौवा ,पानि धारा र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने जुनसुकै काम गर्दा उचित हुने बुढाको भनाई छ।प्रतिक्षालय निर्माण गरेपछि स्थानीय खुसी भएका छन्।
बाम बहादुर बुढा माण्डवी गाउँपालिका वडा -१ का वडाध्यक्ष समेत हुन्।