समय : ०४:५४ pm | शनिबार , असार २८ गते २०८२

माण्डवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा तालाबन्दी

तपाइँ अदालतमा जानुहोस कानुनले दिएको सजाय भोग्न तयार छौ हामीले पैसा दिन्नौ उनले भने।

स्वर्गद्वारी अपडेट | असार २७ गते २०८२

प्युठान।प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।मृतक परिवारलाई हालसम्म क्षतिपूर्ति नदिएको हुँदा तालाबन्दी गरेका हुन्।

२०८० माघ २८ गते पालिकाले मृतकको परिवारलाई क्षतिपूर्ति बापत १० लाख रकम तत्काल उपलब्ध गराउने सम्झौता गरेको थियो।सम्झौता भए अनुसार हालसम्म ५ लाख मात्र उपलब्ध गराएको १८ महिना बित्दा समेत बाँकी रकम नदिएको हुँदा तालाबन्दी गरेको मृतक घर्तीका छोरा धन बहादुर घर्तीले बताए।‘बिमा बापत २०८१ जेठ १२ गते ५ लाख रुपैंयाँ मात्र उपलब्ध गराएको थियो।’उनले भने,‘ हामीले पटक –पटक सम्झौता अनुसार कार्वान्वयन गर्नुहोस भन्यौ’ तर अध्यक्षले हुन्छ मात्र भन्ने  हालसम्म नदिने त्यसकारण हामि आज उहाँहरुको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य भएको घर्तीले बताए।

मृतक परिवार सँग सम्झौता गर्ने मुख्य योजनाकार रहेका माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोलीले पिडित परिवारलाई ५ लाख दिएको छौ बाँकी ५ लाख कानुन अनुसार नभएकाले दिन नसकिने बताए।तपाइँ अदालतमा जानुहोस कानुनले दिएको सजाय भोग्न तयार छौ हामीले पैसा दिन्नौ उनले भने।

उता माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले यहि असार मसान्तसम्म मृतक परिवारलाई सम्झौता गरे अनुसार रकम दिने बताएका छन्।हाम्रो कक्षमा ताला लगाउने  स्थानिय रामचन्द्र पौडेल र संचारकर्मीले तालाबन्दी गरेको समेत अध्यक्ष अधिकारीले आरोप लगाए।

पिडित परिवारका तर्फ बाट बोम सुनारले सम्झौता अनुसार कार्यन्वयन गर्न पर्ने हो तर स्थानीय सरकारले झुट बोलेर यसरी पिडित परिवारलाई थप पिडामा राखेको बताए।  

मृतकका परिवारले करिव ४ घण्टा सम्म प्ले कार्ड बोकेर गाउँपालिकाको प्रांगणमा नाराबाजी समेत गरेका थिए।

प्ले कार्डमा अध्यक्ष उपाध्यक्ष राजिनामा दे, सम्झौता अनुसार कार्वान्वयन गर, माण्डवी गाउँपालिका सरकार मुर्दावाद, पिडितलाई न्याय दे, जनतालाई दु:ख दिने सरकार मुर्दावाद लगायतका उल्लेख गरेका थियो।                              

२०८० माघ महिनाको २८ गते सोहि पालिकाको वडा नम्बर १ देबिस्थान डाँडामा माण्डवी गाउँपालिकाको रा १ क ७७३ नम्बरको ब्याक हो लोडरले किचेर ठग बहादुर घर्तीको मृत्यु भएको थियो।    

यो पनि पढ्नुहोस्