राजेन्द्र रावत क्षेत्री , कपिलवस्तु÷ नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेकोले अमेरिकी साम्राज्यवादको विरुद्ध सिंगो देश एकढिक्का बनेर जाई लाग्नुपर्ने नेकपा का पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सी ले बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी कपिलवस्तुमा मंगलवार आयोजित जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सञ्जिव सी ले यस्तो बिचार व्यक्त गरेका हुन् । उनले “भने एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेको भन्दै राष्ट्रघाती एमसिसि सम्झौताको विरुद्ध सिंगो देश जाग्नुपर्ने अपरिहार्य आवश्कता रहेको छ , त्यतिमात्र होइन गाँउ गाँउमा झरी च्याउ सरी उम्रिएका ठग लघुवित्त संस्था र मिटर ब्याजीहरुलाई गल्ली गल्लीबाट ढ्यांग्रो ठटाई लखेट्नुपर्ने परिस्थिती सिर्जना भएको छ” । कार्यक्रमका प्रमुख अतिथि समेत रहन पुगेका नेकपाका नेता सन्जिव सी ले प्रशिक्षणात्मक मनतव्य दिदै एमसिसि सम्झौताको दफा ५.१(ख) (३) मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसिसिको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसिसिको कानुन मान्य हुने लगाएतका वँुदाहरु राष्ट्रघाती रहेकाले एमसिसि सम्झौता विरुद्ध सशक्त संघर्षमा होमिन पार्टी कार्यकर्ता र आम सर्वसाधारण जनतालाई अपिल गरेका छन् ।

त्यस्तै नागरिकलाई घरवार विहिन बनाई उठिबास र आत्मदाह गर्न बाध्य पार्ने अपराधी मिठर ब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासो को आधारमा सामाजिक रुपमै जनकार्वाही गर्न पनि नेता सन्जिव सी ले निर्दैशन दिए । कार्यक्रममा नेकपा का केन्द्रिय सदस्यतथा पुर्वी कपिलवस्तु इन्चार्ज सुनिल सी ले कार्यक्रम सफलताको शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब १ दर्जन नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको कपिलवस्तु का सेक्रेटरी दिपक सी ले जानकारी दिएका छन् । कार्यक्रममा दिपक सी को अध्यक्षता,विकल्प सी को स्वागत मनतव्य र सन्देश सी को सन्चालनमा सम्पन्न भएको थियो ।