समय : ०१:३२ pm | शनिबार , श्रावण १२ गते २०८१

एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान  हुँदै

सन्तोष सुनार | भाद्र १९ गते २०८०

भदौ १९ - एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।  बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ ।  एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शङ्कर पोखरेल समूहका मानिनुहुन्छ । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य हुनुहुन्छ  । सचिवमा भने लक्ष्मण आचार्य  निर्विरोध भइसक्नुभएको छ । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो । चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लाग्ने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page