समय : ०७:०४ am | बिहिबार , असाेज ३ गते २०८१

आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

स्वर्गद्वारी अपडेट | भाद्र ३१ गते २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् ।आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएका हुन् ।

आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएको थियो ।

संसदको वर्षे अधिवेशन अन्त्य हुने

त्यसपछि संसद अधिवेशन अन्त्यको प्रक्रिया अघि बढ्ने छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि संसदको वर्षे अधिवेशन अन्त्य हुने छ ।

संसदको अधिवेशन सुरु र अन्त्य राष्ट्रपतिबाट गर्ने संवैधानिक व्यवस्था छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्