समय : ०८:५७ am | शुक्रबार , कार्तिक २ गते २०८१

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छः प्रधानमन्त्री

स्वर्गद्वारी अपडेट | श्रावण ६ गते २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताएका छन् । 

प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए । उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे । 

भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उनले  प्रतिबद्धता व्यक्त गरे । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्