समय : ०५:३२ am | आइतबार , भाद्र २२ गते २०८१

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा एमाले

स्वर्गद्वारी अपडेट | असार २३ गते २०८१

दाङ। एमाले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेको छ । शुक्रबार साँझ समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेको हो । एमालेले सरकार गठनका लागि काँग्रेससँग संवाद थालेको छ । लुम्बिनीमा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जोखबहादुर महराको नेतृत्वको सरकार अल्पमतमा परेको छ । लुम्बिनीमा सहमतीय सरकार बनाउन एमालेले पहल सुरु गरेको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले सहमतिको सरकार गठनका लागि प्रक्रिया सुरु गरिएको जानकारी प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी पत्र बुझाएको छ । प्रमुख सचेतक चौधरीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्