अखिल (क्रान्तिकारी) प्यूठानको कार्यालय उदघाटन
अनुज पछाई,प्यूठान । लुम्बिनी प्रदेशमै पहिलोपटक अखिल क्रान्तिकारी जिल्ला समिती प्यूठानले सनिबार एक कार्यक्रमको साथ कार्यालयको उदघाटन गरेको छ । प्यूठान नगरपालिकाको जुम्रिमा कार्यालयको उदघाटन गरिएको अखिल क्रान्तिकारी जिल्ला समिती प्यूठानका अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताएका छन ।
अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रिय सचिव सुमनराज श्रेष्ठ,केन्द्रिय सदस्य पुस्कर शर्मा ,लुम्बिनी प्रदेश मुख्य सचिव राजेन्द्र बिष्ट,लुम्बिनी प्रदेश सचिव सुदर्शन पुन लगायतको उपस्थितीमा कार्यालयको उदघाटन गरिएको हो ।







