समय : ०१:२५ am | शुक्रबार , मंसिर ६ गते २०८१

प्यूठान साहित्य महोत्सबको लागी सबैको चासो बढदै

स्वर्गद्वारी अपडेट | श्रावण २५ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानमा आयोजना हुन लागेको बृहत साहित्य महोत्सवको लागी अहिले चौतर्फि चासो बढेको पाइएको छ । आउदो कार्तिक ५ गते देखि ७ गतेसम्म हुने साहित्य महोत्वको लागी जिल्लामा रहेका र जिल्ला बाहिर रहेका साहित्य अनुरागीहरुले चासो बढाएका छन । अहिले जिल्लाका साहित्यक टोली काठमाण्डौमा रहेका जिल्लासंग सम्बन्धित साहित्यकारसंगको महोत्सव सफतापूर्वक सम्पन्न गर्नको लागी विविध छलफल तथा कार्ययोजनामा ब्यस्त रहेको छ । यसैसन्दर्भमा सोमबार पनि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौको देवकोटा कक्षमा प्यूठान साहित्य परिषद काठमाण्डौ सम्पर्क समितिको आयोजनामा विविध विषयमाथी छलफल भएको छ । बैठकमा जिल्लासंग सरोकार राख्ने राजनितिक कर्मी,पेशाकर्मी , बौद्धिक ब्यक्तित्व,साहित्यकार तथा कलाकारले महोत्सव सफल पार्नको लागी आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छन । जसअनुसार सांसद दर्गा पौडेलले रु १ लाख ,प्राज्ञा गोपिन्द्र पौडेलले र टिकाराम शर्मा रिजालले रु ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन । त्यस्तै मधुसुदन पौडेलले १० हजार,मदन बहादुर केसीले १० हजार सन्देश आचार्यले ५ हजार ५५५,मिनराज सुवेदीले ५ हजार ५५ र वाइपि थापाले १ लाख बराबरको पुस्तकालयलाई सहयोग गर्ने घोषणा गरेका हुन । साथै लिलामणि पोखरेले, डा गोबिन्द पोखरेल, हरिहर शर्मा, मणि थापा, भरत आचार्य र झिमरुक गाउपालिकाका अध्यक्ष बाट आवस्यक जस्तोसुकै सहयोग गर्ने बचनवद्दता ब्यक्त गरेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्