समय : ०५:३४ pm | बिहिबार , फागुन २८ गते २०८२

प्यूठानमा संघ तर्फको ६३ प्रतिशत मात्रै बजेट खर्च

स्वर्गद्वारी अपडेट | श्रावण ३ गते २०७९
अनुज पछाई,प्युठान । जिल्लामा संघ सरकार अन्तरगतका कार्यालयमा ६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा संघ सरकार अन्र्तगतको पुँजीगत खर्च ६३ प्रतिशत भएको छ । गत आर्थिक वर्षभर पुँजीगत खर्च ६३ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले जनाएको छ । जिल्लामा संघ सरकारबाट चालु आर्थिक वर्षको लागि पँुजीगततर्फ ५७ करोड ५४ लाख ८६ हजार ५०० वजेट आएकोमा ३६ करोड ४५ लाख ७३ हजार ५ सय ६७ रुपैयाँँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानका कोष नियन्त्रक बिष्णु भक्तले जानकारी दिए । चालुतर्फ ९१ प्रतिशत खर्च भएको छ । चालुतर्फ संघ सरकारबाट गत आर्थिक वर्षमा ५ अर्ब २१ करोड ६१ लाख ६८ हजार २०५ रुपैयाँ आएको थियो । जसमा हालसम्म ४ अर्ब ७५ करोड ९३ लाख ४ हजार ७ सय ४१ रुपैयाँ खर्च भएको छ । आव २०७८÷७९ मा प्यूठानमा ३७ प्रतिशत विकास बजेट खर्च भएको छैन् । कुल ५ अर्ब २१ करोड ६१ लाख ६८ हजार २०५ रुपैयाँ मध्य ४५ करोड ६८ लाख ६३ हजार ७ सय ४१ रूपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले बताएको छ । स्थानिय निर्वाचन, सार्वजनि खरिद नियमावली ११ औं संसोधन, निमार्ण सामाग्रीको मुल्य वृद्धि लगाएतका कारण विनियोजित बजेट लक्ष्य अनुरुप कार्यान्वयन नभएको कार्यालयले जनाएको छ । वजेटको आकारका हिसाव विनियोजित बजेट सतप्रतिसत प्रतिशत खर्च हुनुपर्ने हो ,तर लक्ष्य अनुुरुप खर्च नहुदा विकास समेत प्रभावित भएको छ ।

यो पनि पढ्नुहोस्