समय : ०७:१७ pm | शुक्रबार , मंसिर ७ गते २०८१

विद्युत् कार्यालयलाई लालटिन उपहार

स्वर्गद्वारी अपडेट | असार ३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । अघोषित लोडशेडिङ हुन थालेको भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ । आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएको हो । प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताउनुभयो । कार्यालय पुगेको समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसमेत आग्रह गरेको थियो । काङ्ग्रेस क्षेत्र नं. २ का सभापति खड्का, प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ, नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी, दाङ उद्योग वाणिज्य सङ्घका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरालगायतको टोली कार्यालय पुगेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्