समय : १०:५१ pm | बिहिबार , असाेज ३ गते २०८१

दाङमा कार र माेटरसाइकल ठाेक्किँदा २ जनाकाे ज्यान गयाे

स्वर्गद्वारी अपडेट | वैशाख २७ गते २०७९
स्वर्गद्धारी अपडेट प्यूठान– दाङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । गढवामा वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कार र रा ६ प ७३७९ नम्बरको मोटरसाइलक ठोक्किँदा आँटीपाकरका अरुण चौधरी र सुरज चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने दुवै जना मोटरसाइकलमा सवार हुन् । हिजो साेमवार भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा आज ज्यान गएको हो । कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्