समय : १०:४२ pm | बिहिबार , असाेज ३ गते २०८१

काँग्रेस कार्यकर्ताको मोटरसाइकल जलाउने पक्राउ

स्वर्गद्वारी अपडेट | वैशाख २७ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । पश्चिम रुकुमको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नपा–१० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओली छन् । उनीहरु माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ता हुन् । सोमबार आठबिसकोट नगरपािलका–१० मा झड हुँदा उनीहरुले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आईतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा पनि झडप भएको थियो । झडपका क्रममा माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिकाको अध्यक्षका उम्मेदवार अमर सिंह खड्काको गाडीमा तोडफोड गरेका थिए । खड्का सवार रा.१ ज १२६५ नम्बरको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५० वर्षीय गणेश खड्कालाई पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्