समय : १०:५७ pm | बिहिबार , असाेज ३ गते २०८१

करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

स्वर्गद्वारी अपडेट | वैशाख १६ गते २०७९
चितवन, १६ वैशाख । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्