समय : ०७:१९ am | बिहिबार , असाेज ३ गते २०८१

दाङमा ४ किलो गाँजासहित २ जना पक्राउ

स्वर्गद्वारी अपडेट | वैशाख १० गते २०७९

दाङ, बैशाख ९ । दाङमा चार किलो लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नं. ९ कोईराले स्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय भालुवाङले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने वर्ष ३७ का सदिल मिया र राप्ती गाउँपालिका वडा नं. ९ घोसखोला बस्ने बर्ष ४५ का शिव महमद मिया रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४ किलो ५९४ ग्राम गाँजा बरामद गरेको छ । राप्ती गाउँपालिका वडा न. ९ देबिकोटमा गाँजाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इप्रका भालुवाबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका तर्फ झर्दै गर्दा उनीहरुलाई कोईराले भन्ने ठाउँमा फेला पारेको थियो । शंकास्पद लागेर खानतलासी गर्दा रा. ३ प. ८३५ नम्बरको मोटर साईकलमा आइरहेका दुई जनलाई गाँजासहित पक्राउ गरी अहिले अनुसन्धान भइरहेको ईप्रका भालुवाङले जानकारी दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्