ल्लाको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरुले राजीनामा दिएका हुन् ।
कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।
कलैयाका मेयर रायले सत्ता गठवन्धनकातर्फबाट फेरि उम्मेदवार बन्न राजीनामा दिएको उनका राजनीतिक सल्लाहकार डा. रामप्रवेश यादवले बताए ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट कलैयाको मेयर कांग्रेसले र उपमेयर जसपाले पाउने सहमति भएको छ ।