समय : ०९:३९ am | बुधबार , फागुन २८ गते २०८१

आज श्रीस्वस्थानी व्रतको समापन

स्वर्गद्वारी अपडेट | माघ ३० गते २०८१

काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदैछ।

नेपाली पञ्चाङ्गका अनुसार बुधबार ३०।५९ घडीपला अर्थात् साँझ ७ बजेर ९ मिनेटसम्म पूर्णिमा तिथि छ।

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी देवीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप-कलश-गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा-अर्चना गरिन्छ।

​महिनाभर व्रत नबस्नेले पनि माघ शुक्ल पूर्णिमाका एक दिन विधिपूर्वक स्वस्थानीको व्रतपूजा गर्छन्।​ देवादिदेव महादेवसहित श्रीस्वस्थानीको पूजा-आराधना गरी अर्घ्य  दिनाले मनोकांक्षा पूर्ण हुने विश्वास छ।

समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान्, छोरा वा छोरीलाई दिई १०० रोटी व्रतालुले खाने नियम छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्