प्यूठान।प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।प्यूठानको सरुमारानी गाउँपालिका ४ निवासी ५१ वर्षका सडक मजदुर कृष्ण बहादुर थापाको दाङसिङमा मोटर बाटोबाट करिब १५० मिटर तल खसेर मृत्यु भएको वडा अध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिए ।
मृतक थापा खहरे खोलाबाट मङ्गलबार काम गरी घर फर्केको तर राति अबेरसम्म घर नपुगेपछि परिवार र स्थानियले सोही दिन देखी नै खोजतलास गर्दा बुधबार मध्यान्ह १२:३० बजेमा उक्त स्थानमा भेटाएको वडाअध्यक्ष सोमैले बताए । उनको शरीरको टाउको दायाँ भागमा गहिरो चोट र दायाँ आखामा पनि चोट लागेको थियो । मृतक थापाको शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल विजुवार ल्याईएको दुई वर्ष पहिला उनको दुई श्रीमती पनि घास काट्न जादा लडेर मृत्यु भएको थियो।