प्युठान।नेपाली कांग्रेस प्युठानका उम्मेदवार प्रा.डा गोविन्दराज पोखरेलले निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाएका छन्। एक मात्र निर्वाचन क्षेत्र प्युठानबाट उम्मेदवार रहेका उनले बुझाएको विवरणमा २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च भएको उल्लेख छ।
उनले दुई वटा सवारी साधनको २५ दिनको भाडा ३ लाख ७५ हजार रुपैयाँ चार पटकको हवाई भाडामा ८० हजार र मतदाता प्रशिक्षण कार्यक्रमको १ लाख ७५ हजार खर्च भएको बताएका छन्।
यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ९ लाख ६० हजार, सम्पर्क कार्यालय खर्च ६ लाख ४० हजार रुपैयाँ, प्रचार प्रसार सामग्री २ लाख ४० हजार २ सय १५ र मनोनयन १० हजार खर्च भएको विवरण छ।
कुल खर्च २४ लाख ८० हजार २ सय १५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेको छ।







