समय : ०३:०९ pm | बुधबार , फागुन २७ गते २०८२

प्युठानमा समानुपातिक मत तर्फ रास्वपा पहिलो

एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो।

स्वर्गद्वारी अपडेट | फागुन २५ गते २०८२

प्युठान।पुराना पार्टीलाई पछि पार्दै प्युठानमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राजनीतिक दल बनेको छ।एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो।

रास्वपा ३० हजार ७ सय ५२ मत ल्याएर पहिलो दल बनेको छ। नेकपा (एमाले) १६ हजार १ सय ९५ मत ल्याएर दोस्रो र नेपाली कांग्रेस १५ हजार २ सय २६ मत ल्याएर तेस्रो भएको छ।    

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ९ हजार १८९,जनमोर्चा नेपालले ७ हजार ६७९,श्रम संस्कृति पार्टीले ९ सय ५५,राप्रपाले ६ सय ८५,नेकपा कम्युनिष्ट पार्टी  माओवादी (विप्लव)ले २ सय ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जानकारी दिएको छ। 

पुराना राजनीतिक दलमा समानुपातिकमा मत कम आउनुको कारण उनीहरूको व्यवहारप्रति वितृष्णा पैदा भएर परिणाम फरक भएको हो।

यो पनि पढ्नुहोस्