प्रिय डाक्टर देशैभरिको आँधिबेहरीमा तिमिलाई प्युठानमा ३१ वर्ष पछि पनी जिताउन सकिएकन। तिमी गोविन्द डाक्टर भएर हारेको होइन तिमि नेपाली कांग्रेस तिम्रो चिन्ह रुख भएर हारेको हो।
तिमिले हामीलाई हौसला दियौ, कांग्रेसको साख बचायौ, राजनिति संस्कार के हो? र कस्तो हुनुपर्छ? भन्ने सिकायौ।मध्यमार्गी भएर प्युठानका कांग्रेसलाई एक ढिक्का बनाई चुनावमा होमियौ।तिमिलाई हामिलाई जनताले मन त दिएकै हुन तर भारी मत दिन सकेनन्।किनकी उनिहरु परिवर्तन चाहन्थे र विजयी पनी भए।अव के गर्छन भन्ने कुरा त पर्खनैपर्छ।(वास्तवमा पुराना दलको चिन्ह मन परेको रहेनछ।)
तिमिले सोध्यौ कस्तो भा छ? मैले भने राम्रो छ दाई।
तर मतपरिणाम अनुसार जनतालाई बुझाउन सकिएनछ दाई।मैले केहि पनी गर्न या जनता बुझाउन सकिएनछु दाई।देशै भरि कांग्रेसका केहि उम्मेदवार जित्दै गर्दा ‘तिमिलाई जिताउन सकिएन।’ तिम्रो स्थान कहाँ हुने थियो?त्यो अवसर पनी गुमायौं।
जसरी मत माग्न पुग्यौ हार भए पनि ति गाँउहरुमा भेट्न पुग्नु।आगामी दिनहरुमा सकेको सहयोग गर्नु भन्दै लेखनमा कुनै गल्ति भए क्षमा माग्दै कलम बन्द गर्छु।
उनले लगभग ४०/४५ दिनमा प्यूठान जिल्लालाई कायापलट गरि माननिय बन्न सफल शुसान्त वैदिकलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन्।
चन्द्र घर्ती
नेपाली कांग्रेस उप सभापति,प्यु न पा ,प्युठान







