प्युठान।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्युठानबाट सिता विक (सम्झना) एक्ली महिला उम्मेदवार बनेकी छिन्।विप्लव नेकपा माओवादीले उनलाई प्रत्यक्षको टिकट दिएर चुनावी मैदानमा पठाएको हो।
प्युठानबाट प्रतिनिधिसभा निर्वाचनका लागि १४ जनाले प्रतिस्पर्धा गर्दैछन्। विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका मध्ये १३ जना पुरुष छन् जसमध्ये एक्ली महिला उम्मेदवार सिता विक ‘सम्झना’ हुन्।
तत्कालीन जनमुक्ति सेनाकी बटालियन कमाण्डर समेत रहेकी उनले दोस्रो रुकुम खारा आक्रमणका क्रममा जीवनसाथी गुमाईकी थिइन।२०६३ सालमा तत्कालीन विप्लव नेकपा माओवादीबाट अन्तरिम विधायिका सदस्य समेत रहेकी उनि सक्रिय राजनीतिमा क्रियाशील रहँदै महिला, दलित तथा पछाडि पारिएका समुदायका हक अधिकारका पक्षमा आवाज उठाउँदै आएकी नेतृका हुन्।
पहिलो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेकी ‘संझना’ले संसद्मार्फत महिलाको सशक्तीकरण, सामाजिक न्याय र समावेशी विकासका मुद्दा उठाउने प्रतिबद्धता जनाएकी छन्।








