समय : १२:१८ pm | बिहिबार , माघ ८ गते २०८२

रोल्पामा १२ जनाको उम्मेद्वारी दर्ता

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०८२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रोल्पामा १२ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन सहित आज निर्वाचन कार्यालयमा पुगेर विभिन्न पार्टी र स्वतन्त्र गरी १२ जनाले उम्मेद्वारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसबाट सुदन कुमार वली, नेकपा एमालेबाट गोकुल घर्ती, राप्रपाबाट अम्मर बहादुर थापा, स्वतन्त्रबाट आसबहादुर थापा र दल बहादुर खत्रीको उम्मेद्वारी दर्ता भएको छ।

त्यसैगरी मंगोल नेश्नल अर्गनाइजेशनबाट कुमार घर्ति, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट चुडामनी वली, आम जनता पार्टी दीन बहादुर कामी, रास्वपाबाट बालाराम थापा, नेश्नल रिपिप्बलकबाट मनबहादुर घर्तिमगर र जनमोर्चाबाट मेखराज बिष्टको उम्मेद्वारी दर्ता भएको छ ।

यो पनि पढ्नुहोस्