समय : १२:१९ pm | बिहिबार , माघ ८ गते २०८२

लगानीको माहोल बनाएर आर्थिक सम्वृद्धि बनाउछु: डा.पोखरेल

उम्मेदवारी दर्ता सँगै युवाको इच्छा आकांक्षा पुरा गर्नको लागि नीतिगत सुधार गर्ने बताएका छन्।

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०८२

प्युठान।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्युठानबाट कांग्रेसका गोविन्दराज पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा गएर उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता सँगै युवाको इच्छा आकांक्षा पुरा गर्नको लागि नीतिगत सुधार गर्ने बताएका छन्।‘देशमा अहिलेको आवश्यकता भनेको लगानीको माहोल बनाई आर्थिक गतिबिधि बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने हो।’ उनले भने,‘स्वदेशी लगानी बढाउने माहोल सिर्जनाको लागि नीतिगत बहस छलफल चलाउने छु।’प्युठानमा अलपत्र परेको नौमुर जलबिद्युत आयोजना अघि बढाउने, बाग्दुला भीमगिठे सडक खण्ड अघि बढाउने, स्वर्गद्वारी मन्दिरलाई विश्वव्यापी कारण गर्ने, शिक्षा नपाएकालाइ सिपसँग जोड्ने कार्यक्रम ल्याउने र आर्थिक सम्वृद्धि बनाउनका लागि मेरो उम्मेदवार रहेको नेता पोखरलले संचारकर्मी सँग बताए।

२०७४ मा पोखरेललाई वामगठवन्धनकी दुर्गा पौडेलले १६ हजार २ सय ८८ मतान्तरले पराजित गरेकी हुन्। पौडेलले ४७ हजार ५ सय १४ मत ल्याउँदा पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरेका थिए।

यो पनि पढ्नुहोस्